Websoft University

किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थाले

{फियल फोटो}
काठमाण्डौं,मंगसीर ३ गते । रातो तारा डट कम,सुर्खेतको भेरीगंगा ४ का किसानले तरकारी खेतीबाट अहिले राम्रो आम्दानी गर्न थालेका हुन् ।

भेरीगंगा ४ सुर्खेतका बलबहादुर खत्रीले तरकारी खेती गर्न थालेको २५ वर्ष भयो । तरकारी खेतीबाटै उहाँले वर्षमा ३ देखि ४ लाखसम्म आम्दानी लिन सफल हुनुभएको छ ।

खत्रीले लगाएको बन्दा, काउली लगायतका तरकारीले पाँच रोपनी जग्गा भरिएको छ ।

पवन खत्री उमेरले २२ बर्ष पुग्नुभयो, उहाँको बारीमा पुग्दा बोराभरी काउली राखेर बेच्नका लागि गाडीको पर्खाइमा हुनुहुन्थ्यो ।

तरकारी सुर्खेत, दैलेख, जाजरकोट तथा नेपालगञ्जसम्म जाने गर्दछ । पवनले तरकारी खेतीबाट राम्रै आम्दानी लिइरहनुभएको छ ।

व्यवसायिक तरकारी खेती थालेका किसान भने चाहेजस्तो उत्पादन लिन नसकेको गुनासो गर्छन् ।

बजारको प्रतिस्पर्धा तथा सिंचाइको सुविधा नहुँदा उनीहरुले सोचेअनुसार फाइदा लिन सकेका छैनन् ।

दश वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका किसान टिकाराम बुढामगरले सिंचाइको अभावले समस्या भएको बताउनुभयो ।

रोजगारीका लागि जागिर नै खानुपर्छ र कमाउनका लागि लाखौैँ ऋण गरेर विदेश नै जानुपर्छ भन्ने मान्यता चिर्न सुर्खेतको भेरीगंगाका किसानको मेहनत पर्याप्त छ ।

तर आधुनकि कृषि प्रविधी, बिउ र सिंचाइको व्यवस्था तथा उचित अनुदान दिएर सरकारले पर्याप्त सहयोग गर्न नसकेको गुनासो पनि उनीहरुसँग छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.