Websoft University

वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहरभएका दाङका दिनेशचन्द्र डिसी जेल चलान


काठमाडौँ , कार्तिक २७  गते । रातो तारा डट कम,
वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएक एक व्यक्ति हिजो जेल चलान भएका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ परेका दाङका दिनेशचन्द्र डिसीलाई हिजाे काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा डिल्लीबजार कारागार चलान भएका हुन् ।

दाङको त्रिभुवन नगरपालिका–१० का डिसीलाई सर्वोच्च अदालतको २०७३ भदौ ८ गतेको फैसलाअनुसार एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएको थियो । फरार हुँदै आएका डिसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कात्तिक २२ गते काठमाडौँको पशुपति क्षेत्रबाट पक्राउ गरेको थियो ।

तिहार बिदा सकिएलगत्तै फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा डिसी आजै डिल्लीबजार कारागार चलान भएका निर्देशक शाहीले जानकारी दिए । 

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रबिना नै विसं २०६६ मा ब्युटिसियन काममा आकर्षक पारिश्रमिकको लोभमा इटली पठाइदिने भनी दाङकी शारदा घिमिरेबाट रकम लिएको आरोपमा डिसीविरुद्ध मुद्दा दर्ता भएको थियो ।(रासस)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.