Websoft University

मोरङको छुट्टा-छुट्टै स्थानमा दुर्घटना, ४ घाइते


बिराटनगर, कार्तिक १५ गते । रातो तारा डट कम,
मोरङ जिल्लाको छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।

मोरङको सुन्दर-हरैचा नगरपालिका-११ स्थित बेलेपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २६ प ४४४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बर्ष २७ को आशिष चौधरी र पछाडी सवार सोही स्थान बस्ने बर्ष २३ को भीमराज धामी घाईते भएका हुन् ।

दुर्घटनाबाट घाईते दुवै जनालाई उपचारको लागि  नोबेल अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ । त्यसैगरी बिहान ११ बजेको समयमा बेलबारी नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ८ प ६५६६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक झापा कन्काई नगरपालिका-४ सुरुङ्गा बस्ने वर्ष ४० को दुर्गा प्रसाद संग्रौला र पछाडी सवार भद्रपुर नगरपालिका बस्ने वर्ष ३० को टंकोज प्रधान घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते दुबै जनालाई  उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय डाँगीहाटले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.