Websoft University

मारुती सिमेन्ट कारखानाले सामुदायिक वनको जग्गा कब्जा गर्न खोज्दै

काठमाडौ असोज २५ गते । रातो तारा डट कम,
सिरहा जिल्लाको गोलबजार नगरपालिका अन्तर्गत रहेका सामुदायिक वनको जग्गा मारुती सिमेन्ट कारखानाले कब्जा गर्न खोजेको छ । नगरपालिकाका वडा नम्बर ९ र १० मा रहेका सो जग्गा मारुती सिमेन्ट उद्योगले वन कर्मचारीकै मिलोमितोमा कब्जा गर्न खोजिएको उच्च स्रोतले बताएको
छ । ईलाका वन कार्यालय धर्मपुर अन्र्तगत पर्ने सामुदायिक वनको जग्गा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरी कब्जा गर्न खोजेका छन ।

जोभा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेका कुल १८ हेक्टर जग्गा मध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको हो । वन क्षेत्रको जग्गामा मारुती सिमेन्ट उद्योगले जग्गा कब्जामा लिनका लागि शुक्रवार प्राविधिकको साथमा माटो टेस्ट गर्नका लागि मेसिन सहित उत्खन्न गरीरहेको अवस्थामा स्थानीय भद्रभलादमी, युवा, समाजसेबी नरहा गाँउपालिका वडा नं।३ का वडा अध्यक्ष सहित स्थानिय बासिन्दाहरुले रोकेका थिए ।

उक्त घटना स्थलमा स्थानियहरुको भिड देखी वन अतिक्रमण तथा उत्खन्नमा खटिएका व्यक्तिहरु फरार हुन सफल भएका थिए र गाडिसहित मेसिन नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएको मेसिन तथा अन्य उपकरण जिम्मा लिन सोही दिन इलाका वन कार्यालय चोहर्वा धरमपुरका सहायक वन अधिकृत गंगाराम महतोलाई स्थानीयहरुले जिम्मा दिन खोजे पछि सहायक वन अधिकृत महतो डिभिजन वन कार्यालाय सिरहामा फोन सम्र्पक गरी थप जानकारी गराउदाँ सहायक वन अधिकृत अमरेन्द्र प्रसाद यादबको कमाण्डमा गस्ती खटी परिचालन भै घटना स्थलमा पुग्दा त्यस ठाँउबाट गाडी ल्याउने श्रोत साधन नपाएको सहायक वन अधिकृत यादबले बताए ।

उक्त घटना स्थलबाट स्वाइल टेष्ट गर्ने मेसिन, बा १६ च २५८१ नम्बरको बोलेरो, परपसन मेसिन १ थान, टाईपट पाइप ३ फिटको ६ थान, २ फीटको एक थान, कोसिंग पाइप ४ थान, हमर सेट, बेलर चिजेल १ सेट, पाइप रिन्च २ सेट, ड्रम १ सेट, रिन्चको भाँडो १ सेट सहित समानहरु बरामद भएका थिए ।
उक्त उपकरणहरु डिभिजन वन कार्यालय लहान सम्म आवश्यक श्रोत साधनको अभाबमा बरदात समान आफनो जिम्मामा राख्न नमानेपछि मुचुल्का उठाएर स्थानीय, जनप्रतिनिधि र कर्मचारी समेतको रोहबरमा नरहा गाउँपालिका–३ चोहर्वाका राम नारायण यादवको दिइएको थियो। (ब्लाष्ट अनलाइनबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.