Websoft University

नेपाल मजदुर किसान उत्थान समाजको रक्तदान कार्यक्रम सम्पन्न


शिव भट्टराई-सुनसरी  असोज २० गते । रातो तारा डट कम,
नेपाल मजदुर किसान उत्थान समाजको आयोजनामा भएको रक्तदान कार्यक्रमम YSS नेपाल , सलकपुर सङ्गित साधना , परसुन बचत तथा ऋण सहकारी सस्था र परिवर्तन फार्मेसी गोठगाउको सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल मजदुर किसान उत्थान समाज सुन्दरहरैचाका अध्यक्ष राजेन्द्र प्रसाद रिजाल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका उपमेयर धनमाया तामाङ को रहेको थियो भने विभिन्न सामाजिक सघ सस्थाहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका उपमेयर धन माया तामाङले रगत अभावले कसैको ज्यान जानु नपरोस भन्ने उद्देश्यले आयोजना गर्नुभएकोमा आयोजक सस्थालाई धन्यवाद दिदै यस सस्था निरन्तर सामाजिक काममा अग्रसर भएको मा सस्थाको प्रशंसा गर्नु भएको
 थियो ।

कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान उत्थान समाजका अध्यक्ष राजेन्द्र प्रसाद रिजाल ले अस्पतालमा भएको रगत अभावलाई केही हदसम्म कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ प्रीन्ट रगत संकलन भएको स्थानिय समाजसेवी गोकुल न्यौपानेले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.