Websoft University

बीमा कार्यालय उद्घाटन

काठमाण्डौं,असोज २५ गते । रातो तारा डट कम, पाल्पा,नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको कार्यालय तानसेनमा उद्घाटन गरिएको छ । सो शाखाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आज उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा मात्र लगानी गरिरहेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा नभई अब नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आर्थिक, सामाजिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेशननल लाइफ इन्स्योरेन्सका प्रमुख रामचन्द्र तिवारीले बीमाको महत्वबारे प्रचार गर्न आवश्यक रहेको बताउनुभयो ।

 जिल्लामा पाँच हजार जनाले जीवन बीमा गराएको सो शाखाका प्रमुख उमापति गैरेले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.