Websoft University

सुन्दरहरैचा ४ मा नि: शुल्क आँखा शिविर सम्पन्न


शिव भट्टराई , अशोज २० गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ को आयोजना र इटहरी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।

आँखा शिविरमा सभापतित्व सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठको रहेको थियो भने इटहरी आँखा उपचार केन्द्रका सञ्चालक जय प्रकाश निरौला , वार्ड नं ४ का वाड सदस्य सहित सुन्दरहरैचा नगरपालिका कार्यपालिका सदस्य हर्क परियारको अतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सुन्दरहरैचा वार्ड न ४ का वार्ड अध्यक्ष र इटहरी आँखा उपचार केन्द्रका सञ्चालक जय प्रकाश निरौलाले गर्नु भएको थियो ।

कार्यक्रममा नेत्र ज्योती संघ धनकुटाका कोषाध्यक्ष तथा इटहरी आँखा उपचार केन्द्रका संयोजक जय प्रकाश निरौला ले इटहरी आँखा उपचार केन्द्रले स्थानिय जनतालाई उपकार गर्न टाढा जान नपरोस भन्ने उद्देश्यले घर घरमै सेवा दिने उद्देश्यले आँखा शिविर सञ्चालन गरेको बताउनु भएको
थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले आँखा जस्तो संवेदन शिल अंग उपचार गर्न टाढा जानू पर्ने अवस्था भएको कारण जनतालाई समस्या पर्ने भएको कारण वार्ड को आयोजनामा कार्यक्रम गरिएको बताउनु भएको छ ।

निशुल्क आँखा शिविरमा ९८ जना ले निशुल्क आँखा शिविरको सेवा लिएका थिए भने जसमा ३८ जना महिला र ६० जना पुरुष र ७ जना मोतिविन्दु भएका व्यक्तिले सेवा लिएको इटहरी आँखा शिविरका व्यवस्थापक गंगा बहादुर खत्रीले जानकारी दिनु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.