Websoft University

पत्रकारलाई ५० प्रतिशत छुट


काठमाण्डौं असोज २६ गते । रातो तारा डट कम,बाँके,कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

दश श्ययाबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताउनुभयो । न्यूरोडमा स्थापना गरिएको अस्पतालमा दाँतसम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराइनेछ ।

उपचारमा मुक्तकमैया, लोपोन्मुख जातजाति, भूमिहीन, सुकुम्बासी, एकल महिला तथा ज्येष्ठ नागरिकलाई समेत ५० प्रतिशत छुट गराउने बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.