Websoft University

पत्रकार पुस्तकालयको शिल्यान्यास


काठमाडौं,असोज २५ गते । रातो तारा डट कम, गैरआवासीय नेपाली संघको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको शिल्यान्यास गरिएको छ ।

महासंघमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै सहयोगका लागि गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पत्रकारिता राज्यको महत्वपूर्ण अंग भएका कारण महासंघसँग सहकार्य गरेको बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि गैरआवासीय संघ लागि परेको धारणा राख्नुभयो ।

नेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष कपिलदेव थापाले आफुहरुले क्यानडामा सिकेको आधुनिक पुस्तकालय सम्बन्धी सिपलाई नेपालका विभिन्न सामुदायिक संघसंस्थामा सहयोग गरिरहेको बताउनुभयो । उहाँले नेपालको पत्रकारिता क्षेत्रसंग सहकार्य गर्नपाएको खुसी व्यक्त गर्नुभयो ।

महासंघका महासचिव रमेश विष्टले पुस्तकालयलाई जिवन्त राख्न आगामी दिनमा गैरआवासीय संघको रचनात्मक सहयोगको खाँचो रहेको बताउनुभयो ।

त्यस्तै पुस्तकालय स्थापनामा संयोजकको भूमिका निर्वाह गर्ने महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुले पुस्तकालय स्थापना सम्बन्धमा लामो समयदेखि छलफल भएको र आज यसले मूर्तरुप पाएको बताउनुभयो । उहाँले अबको नौ हप्त भित्र पुस्तकालय निमार्ण सम्पन्न हुने बताउनुभयो ।

गैरआसीय संघका प्रवक्ता भूषण घिमिरेले गैरआवासीय संघले विगतमै गरेको प्रतिवद्धतालाई मूर्तरुप दिन लागेको बताउनुभयो । उहाँले समाजलाई सही मार्ग देखाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले महासंघसंग सहकार्य गर्न लागेको बताउनुभयो ।

पुस्तकालय क्षेत्रमा क्रियाशील इन्जिनियर रमेश मैनालीले महासंघमा स्थापना हुने पुस्तकालय विगतका भन्दा आधुनिक हुने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.