Websoft University

सरकार श्रमजीवी पत्रकारको पक्षमा ः मन्त्री बाँस्कोटा


काठमाण्डौं,असोज २१ गते । रातो तारा डट कम,काभे्रपलाञ्चोक, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको बताउनुभएको छ ।
सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई आज काभे्रपलाञ्चोकको पाँचखालमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार श्रमजीवी पत्रकारका पक्षमा छ, त्यसैले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहन्छ ।”

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक रु ४० हजार पु¥याउने योजनामा सरकार रहेको उल्लेख गर्दै “कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गर्ने पक्षमा उभिन्छ”, भन्नुभयो ।

“नेपाल पत्रकार महासङ्घले नै पारिश्रमिक बढाउन चाहेको छैन्” उहाँले भन्नुभयो, “महासङ्घ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।”
मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ भन्दै अधिकारको लडाईं सकिएकाले अब निर्माणको समय आएको बताउनुभयो ।

“कसैले आएर निर्माण गर्दिदैनन् तपाई हामी मिलेरै गाउँ, नगर र राष्ट्र बनाउने हो”, उहाँले भन्नुभयो, “कुनै पनि योजनाको जोखिम र फाइदाबारे सोचेर समयमै सक्नुपर्छ, समयमै नसक्दा समय र लागत दुबै बढ्छ ।”

मन्त्री बाँस्कोटाले पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गरी स्थानीय तहले पानीको स्रोतको खोजी गरेर त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिदैं पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै नभई सम्बन्धीत सबै पक्षको हो भन्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.