Websoft University

अपागं महिला समाज इटहरीले २१औं साधारणसभा सम्पन्न

शिव भट्टराई-इटहरी असोज १९ गते । रातो तारा डट कम, अपागंताका क्षेत्रमा काम गर्दै आएको नेपाल चेलिवेटी अपागं महिला समाज इटहरीले २१औं साधारणसभाको अवसर पारेर विभिन्न चार सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरेको छ ।

समाजको वार्षिक साधारणसभा तथा अधिवेशनको अवसर पारेर एभिन्युज खबरका दिपक कार्की , राष्ट्यि समाचार समितिका याम प्रधान , एरिना टेलिभिजनकी सुप्रिया राई र एभिन्युज खबर कृष्ण भट्टराई सहित समाज लागि सहयोग पुर्रयाउदै आएका बोधराज बजगाई र खोजबहादुर मगरलाई सम्मान गरेको हो ।

साधारणसभाको खुल्ला सत्रमा आयोजित सम्मान कार्यक्रममा प्रदेस नम्वर १की उपसभामुख सरस्वती पोखरेल र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सम्मान पत्र प्रदान गरेकी हुन । 

त्यसै गरी साधारणसभाकै अवसरमा अपागंता भएका प्लसटुमा अध्ययनरत अनुजा पोखरेल, विना दहाल र विद्यालय तहमा अध्ययनरत निरज कार्की ,अर्जुन अधिकारीलाई शैक्षिक सामाग्री तथा अपागंता भएका रणबहादुर खड्कालाई हिड्नका लागि सहयोगी समाग्री बैशाखी प्रदान गरियो । 

उनीहरुलाई समाजका पुर्व अध्यक्षहरु तृप्ता मगर दिपकला राई वर्तमान अध्यक्ष दिलकुमारी राईले शैक्षिक सामाग्री तथा सहयोगी सामाग्री हस्तान्तरण गरेका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.