Websoft University

अवैध सामान प्रहरीले भन्सार बुझाइयो,


मोरङ, कार्तिक ६ गते । रातो तारा डट कम,प्रहरीले बिभिन्न समयमा बरामद गरेको अन्दाजी २ लाख ६२ हजार ९ सय ५ रुपैँया बराबरको अवैध सामान भन्सार बुझाएको छ ।

इलाका प्रहरी कार्यालय रानी, बुधनगर, सीमा प्रहरी चौकी रानी, अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको संयुक्त टोलीले बिभिन्न समयमा भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ३६ हजार ९ सय ५ रुपैँया मूल्य बराबरको सिटी सफारीको पार्टपूर्जा, कुर्था, टप्स, तिल लगायत किराना सामान बरामद गरेको थियो ।

त्यसैगरी बिहान साढे १० बजेको समयमा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीको टोलीले ६० लिटर डिजल सहित १ जनालाई पक्राउ गरेको छ । को. १४ प ७७१० नम्बरको मोटरसाईकलमा लोड गरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी १ लाख २६ हजार मूल्य बराबरको डिजल सहित मोरङ जहदा गाउँपालिका-१ बस्ने बर्ष २८  सुनिल सरबरियालाई पक्राउ गरिएको हो ।

बरामद सामान, डिजल, र मानिसलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.