Websoft University

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


शिव भट्टराई सुनसरी असोज २७ गते ।
मोरङको  सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ मा रहेको शान्ती टोल विकास सस्थाले बडा दशै शुभदिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

टोल विकास संस्थाका अध्यक्ष तेज बहादुर पुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष राम रिजालको रहेको थियो, भने सुन्दरैचा नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना , सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सुन्दरहरैचा नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष जीवन राई , नागरिक समाजका अध्यक्ष दाधिराम ढुंगाना , गछिया प्रहरी चौकी का सहि प्रविण भट्टराई , सुन्दरदुलारी उधुग वाणिज्य संघ का अध्यक्ष किशोर कार्की लगायत विभिन्न संघ सस्थाको आतिथ्यता रहेको
 थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष राम रिजालले वार्ड बासिहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्नु भएको थियो । उहाले चाडपर्वमा घट्ने घटनाहरुको न्यूनीकरण गर्न प्रहरीलाई सहयोग गर्न स्थानिय वासिहरुलाई आग्रह गर्नु भएको थियो । चाडपर्वको अवसर पारी गरिएको उक्त कार्यक्रममा उहाले नगरले एकलौटी रुपमा विकास को योजना साथै बजेत विनियोजन गरेको हुदा उक्त कार्यको नगरलाई सचेत गराउन सबै एक हुनुपर्ने बेला आएको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना ले साबिक सुन्दरदुलारीका जनप्रतिनिधी साथै विभिन्न संघ सस्था साथै स्थानिय व्यक्तिहरुलाई नगरले वेवास्था गरेको बताउनु भएको थियो । उहाले सम्पुर्ण वार्डका वार्ड बासिलाई सोही कार्यक्रममा चाड पर्वको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले नगरपालिकाले बजेट बिनियोजन गर्दा पुर्व पस्चिममा समान रुपले नगरेको बताउनु भएको थियो । उहाले विकासको कामा दुई नगरलाई बेग्ला बेग्लै हिसाबले हेरि बजेट बिनियोजन गरेको आरोप लगाउनु भएको थियो । पटक पटक नगरमा यस विषयको क्कुरा गर्दा नगर प्रमुखले " हुन्छ हुन्छ " मात्र भन्ने गरेको बताउनु भएको छ । उहाले बोलेर हैन गरेर देखाउन भन्दै नगरको गतिविधी माथी प्रश्न उठाउनु भएको थियो । साथै उहाले सोही कार्यक्रम मार्फत वार्ड बासिहरुलाई चाडपर्वको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष जीवन राईले नगरले साबिक सुन्दरदुलारी नगरपलिकालाई विकासको काममा विभेद गरेको बताउदै यस विषयमा सबै जनप्रतिनिधी एक हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै सुन्दरदुलारी उधोग वाणिज्य संघले नगरको विकासमा साबिक सुन्दरदुलारी नगरपालिकाका जनतालाई नगरको सेवा सुविधा लिन पाउने पहुच सम्म पुग्न कठिन परेको बताउनु भएको थियो ।

उहाले साबिक सुन्दरदुलारी नगरपालिकाका विभिन्न उपभोक्ता समुहले विकासको योजना को बजेट लिन जादा  महिनौ दिन सम्म धाउनु पर्ने बाध्यता रहेको बताउनु भएको थियो । उहाले सुन्दरहरैचा नगरपालिका बनेको एक वर्ष भन्दा बढी भैसक्दा समेत दुई उधोग वाणिज संघ एक नहुनुमा साविक कोशिहरैचा उधोग वाणिज्य सघको विभेद पुर्ण नीति को कारण नै रहेको बताउनु भएको थियो ।

उहाले साबिक सुन्दरदुलारी उधोग वाणिज्य मर्ज हुन हैन कोशिहरैचा उधोग वाणिज्य संघ मर्ज हुन आउनु पर्ने बताउनु भएको थियो । उहाले एक वर्ष भित्रमा सुन्दरदुलारी उधोग वाणिज्य संघको भवन आफ्नै जग्गा मा बनाईसक्ने समेत बताउनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष तेज बहादुर पुरिले सम्पुर्ण टोल बासिहरुलाई चाडपर्वको शुभकामना दिनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.