Websoft University

डेढ करोडको सामान बरामद


 काठमाण्डौं,असोज २४ गते । रातो तारा डट कम,वीरगञ्ज, सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको
छ ।

वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान गुल्मले कार्यालयलाई बुझाएको बताउनुभयो । भारतबाट तस्करी गरी ल्याइएको लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, सवारीसाधन मोटरपार्टस्लगायतका सामान बरामद गरिएको हो ।

सो अवधिमा लागुऔषध डाइजोल्याब ८५७ थान, नोल्फीस ८६१ थान, फेनारगन ८६० थानसहित लागुऔषध प्रयोगकर्तालाईसमेत पक्राउ गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.