Websoft University

झापा र मोरङबाट अबैध सामान बरामद


बिराटनगर, भाद्र २४ गते । रातो तारा डट कम
प्रहरीले झापाको काँकडभिट्टा र मोरङको रानी एरियाबाट आईतबार दिउँसो भन्सार छली गरेको अबैध सामान बरामद गरेको छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार कार्यालयको मुख्य गेटबाट आईतवार दिउँसो १ लाख
मूल्य बराबरको मोटरसाईकलको पार्टपूर्जा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी नेपालतर्फ रिक्सामा ल्याउँदै गरेको मोटरसाईकलको सकअप(५ थान, हाईड्रोलिक पाईप ६
थान, एयर फिल्टर, मोबिल फिल्टर ५१ पिस, हेड १ थान, ब्रेकसुल १० सेट, मिटर नाप्ने वायर ५ पिस, हेन्डब्रेक वायर १० पिस, क्ल्जप्लेट २ प्याकेट, वासर र नटबल्टु ५२ पिस र रिक्सा सहित अन्दाजी १ लाख मूल्य बराबरको सामान बरामद
गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका(१५ बाट प्रहरीले आज दिउँसो ५७ हजार ८ सय १० रुपैयाँ बराबरको अबैध समान बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय
रानी र सिमा प्रहरी चौकी रानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा  भारतको जोगवनिबाट  अबैध रुपमा भन्सार छलि ल्याएको लत्ताकपडा र किराना समान बरामद गरेको हो ।

बरामद समान आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय बिराटनगर बुझाइएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.