Websoft University

मनिष सापकोटाको सर्वनाममा आराधना-२ भक्ति संगीत एकल साँझ सम्पन्न

काठमाडौ, भदौ २४ गते । रातो तारा डट कम, सर्वनाम थिएटरमा सनिबार भक्ति संगीतले गुन्जयामान भयो ।  चितवनका मनिष सापकोटाले करिब एक दर्जन कलाकारको साथ् लिएर भक्ति संगीत गाएका थिए । उनले उक्त कार्यक्रममा करिब एक दर्जन भक्ति संगीतका गीतहरु प्रस्तुत गरेका थिए ।

करिब २ घण्टा चलेको दर्शकले भरिभराउ भएको उक्त हलमा गायक मनिष सापकोटालाई गायनमा सिता सुबेदी
मेनुका कुवर, मिना नेपाली, तारा लिम्बुले साथ् दिएका थिए भने बाध्यबादनमा तबेला लक्ष्मी डंगोल, गितार जिके सिंह,बासुरी डा निरन्जन भण्डारी, किबोर्ड ब्रुनो तामाङ, अक्टोप्याड तेज कुमार श्रेष्ठ, ढोलक सुधिर चौधरी, मादल सुनिल अर्याल लगायतका थिए ।

उक्त कार्यक्रममा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महत, संगीतकार बुलु मुकारुङ, दिपक जंगम, राजु सिंह, रमण घिमिरे, किरण प्रधान, बरिष्ट पत्रकार हरिहर बिरही, औधोगिक शान्ति नेपाल सस्थाका कोषाधक्ष्य प्रितम मल्ल लगायतका बिशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.