बिराटनगर । भदौं २८ गते । रातो तारा डट कम, आज मोरङ शारीरिक सुगगठन र फिट्नेस संघले बिराटनगरमा पत्रकार सम्मेलन गरे असोज १९ गते स्थानिय बुधहाट चोकको बी–पल्टमा लागु पदार्थ विरुद्घको जनचेतना मुलक कार्यक्रम गर्ने र २८ वीरेन्द्र सभागृहमा वडिबिल्डीङ प्रतियोगिता गर्ने कुराको जानकारी गराएकोछ ।
मिस्टर मोरङ वडिविल्डीङको फिटनेस संघले युवा युवती हरुलाई लागु पदार्थ प्रयोग होइन अव चै खेलकुद फिटनेस वडिबिल्डीङ खेल तिर लाग्नु पर्छ भन्ने खालको चेतना फैलाउन समेत हामीले असोज १९ गते सार्वजानिक ठाउँमा कार्यक्रम राखेको भन्द्र, हाम्रा खुल्ला सीमनाका कारण दैनिक बढ्दै गएको दुर्बेसानिहरुको संख्यालाई कम गर्न हामीले यि यस्ता कार्यक्रमहरुको आयोजना गरेको कुरा संस्थाका अध्यक्ष अमलेश कुमार कर्णले जानकारी गराउनु भएकोछ ।
वडिबिल्डीङ खेल प्रतियोगितामा पहिलो रु ५१ हजार,दोस्रो रु ३१ हजार, तेस्रो रु २१ हजार, चौथो रु १५ हजार र पाँचौ रु १० हजार,अन्यमा मायको चिनो समेत राखेको जानकारी गराइएको थियो ।
Post a Comment