झापा, भाद्र २८ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-६ स्थित विभिन्न स्थानबाट ३९ बजार मूल्य बराबरको सुपारी तथा व्रोईलर कुखुरा बरामद भएको छ ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ३५ किलो अन्दाजी १० हजार ५ सय मूल्य बराबरको व्रोईलर कुखुरा, नेपालबाट भारत तर्फ लैजाँदै गरेको १२ हजार ५ सय मूल्य बराबरको ५० किलो सुख्खा सुपारी र अन्दाजी ५ हजार ५ सय मूल्य बराबरको सय किलो मकै फेला पारी बरामद गरिएको हो ।
बरामद गरिएको सामान ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ भने व्रोईलर कुखुरा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी बुधबार राती मोरङको सुनबर्षी नगरपालिका-८ हर्सनगढी भन्सार कार्यालय अगाडीबाट प्रहरीले ४३ वटा व्रोईलर कुखुरा बरामद गरेको
छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुगमनमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ २ वटा साईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा कुखुरा फेला पारी बरामद गरेको
हो । बरामद साईकल र कुखुरा ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको र प्रकृया पूरा गरी नष्ट गरिने उक्त कार्यालयले जनाएको छ ।
Post a Comment