Websoft University

सुन्दरहरैचामा बन्दै नेपालकै नमूना रथ


शिव भट्टराई- मोरंङ श्रवण २८ गते। रातो तारा डट कम,
नेपालमा पहिलो पटक प्रदेश नं.१ को सुन्दरहरैचामा रहेको बिराटचोकमा नमुना रथ बन्न लागेको छ।श्री कृष्ण रथ निर्माण जन्म अष्ठमी मूल समारोह समितिका संयोजक राम प्रशाद गजुरेलले अहिले बनिरहेको रथको लागत १५ लाखमा सम्पन्न हुने कुरा बताएका छन्।मोरङको सुन्दरहरैंचा स्थित श्री कृष्ण प्रणामी संरक्षण सेवा समितिले कृष्ण जन्म अष्टमीको दिन रथ यात्रा कार्यक्रम गर्ने भएको छ ।

समितिद्धारा आयोजित एक महिना सम्म श्रीमद् वितक कथा वाचन समापन भएको भोलि पल्ट सुन्दरहरैंचामा रथयात्रा हुने प्रचार प्रसार संयोजक शरण भट्टराईले बताए । कार्यक्रमका लागि १५ लाख बराबरको काठको ठूलो रथ निर्माण भईरहेको छ । रथ निर्माणको लागि सुन्दरहरैंचाले १० लाख रुपैया दिने निर्णय गरेको आयोजक समितिका सदस्य श्याम आचार्यले बताए ।

यो रथ नेपालमा पहिलो पटक नमूना हिसाबले बनाइएको कुरा संयोजक गजुरेलले प्रष्ट पारेका छन्।यो रथ अरु रथ भन्दा फरक रहेको र यस रथको ब्रेक साथै स्ट्रींग पनि रहेको, त्यसैले यस रथ मा सवार हुदा कुनै जोखिम नरहने कुरा गजुरेलले बताएका छन्। सुन्दरहरैचा भरीका मठ मन्दिरका भक्तजनहरु आउने भएकाले सामूहिक रथ यात्रामा लगभग १०,००० भन्दा बढ़ी भक्तजनहरुको घुईचो हुने कुरा संयोजक गजुरेलले रातो तारा डट कमलाई बताएका छन्।यस कार्यक्रममा विशिष्ट सन्त गुरुजनहरुको उपस्थिति रहने कुरा गजुरेलले बताएका छन्।यस श्री कृष्ण रथ निर्माण कार्य जारी रहेको छ।

२०७५ भाद्र १८ गते श्री कृष्णको नवनिर्मित रथलाई सझीसझाउ गरी बाजा गाजा नाच गान भजन कृतन सहित नगर परिक्रमा गरी समापन गरिने कुरा संयोजक गजुरेलले रातो तारा डट कम सँग बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.