(फायलफोटो)
मोहन कुमार राई-श्रावण २८ गते।
रातो तसरा डट कम,संखुवासभाको चैनपुर नगरपालिका स्थित रहेको नेपालकै चर्चित शक्तिपिठको रुपमा चिनिने संखुवासभाको धार्मिक शक्तिपिठ सिद्धकालीमा रहेको शिवको मन्दिरमा गए राती तोडफोड गरिएको छ ।
महिलाहरुले श्रावणको अन्तिम सोमवार शिवको ब्रत बसि सो शिव मन्दिर पूजा आरधना गर्न श्रद्धालु महिला भक्तजनहरु आज बिहान सवेरै मन्दिर पुग्दा शिवको मुर्ति उत्तानो पारेर मन्दिरको प्राङगणमा फाकिएको, शिव लिङ्गको अवस्था बसाहको मुर्तिअगाडि फ्याकिएको, घण्टीहरु,पूजासामाग्रीहरु ल्गायत वस्तुहरु यत्रतत्र छरिएको अवस्थामा रहेको साढेबसाहको मूर्ति समेत भत्काएको देख्दा यस घट्नाको सर्वत्र निन्दा भएको छ ।
घटना के कसरी घटेको हो सत्य तथ्य अहिले सम्म बाहिर आउन सकेको छैन । घटनाको ढाकछोप गर्नलागेमा मन्दिरको संरक्षण सम्वद्र्धनमा बाधा पुग्ने समेत स्थानीयवासीहरुको ठम्याइ छ ।
घटनाको सत्य तथ्य बाहिर ल्याउन तिर्थवर्त गर्न आएका श्रद्धालु महिला भक्तजनहरुले आवाज उठाएका छन् । मन्दिरमा यस किसिमको विभत्वस अवस्थादेखि स्थानीयवासीले विहानै सवेरै पुजारी टंकनाथ महन्तलाई खवर गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।
घटना स्थलमा स्थानीय जनप्रतिनिधि चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, पोखरी प्रहरी चौकी, र स्थानीयवासीको सहयोगमा यत्रतत्र छरिएका मूर्ति र पूजाका सामाग्रीलाई सम्हालेर शिवको मन्दिरमा राखी नियमित पूजाविधिलाई आजैबाट सूचारु ग्रिएको छ । घटनाको अनुसन्धानको लागि खटेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्पेक्टर हेमन्त विक्रम राणाले घटनाको सर्जिविन मुजुल्का उठाई घटनाको सत्य तथ्य बाह्रि ल्याउने बताएका छन् । राणाले घटनाको अनुसन्धानका लागि स्थानीयवासी, मन्दिर संरक्षण सम्बर्दन समिति लगायतले सहयोग गर्न समेत आग्रह गरेका छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी सँग सम्पर्क गर्दा घटनाको सत्य तथ्य बुझि दोषीमाथी कार्यवाही गर्न आफु प्रतिवद्ध रहेको वताएका छन् । घटना घटेको १२ घण्टा वितिसक्दा सम्म मन्दिरको सर्जिमिन घटना मुजुल्का बाहेक अरु अनुसन्धन कार्य अघि बढ्न नसक्दा भक्तजनहरुमा चिन्ता बढेको छ ।
वि.सं. १८७४ मा स्थापना भएको सत्यदेवीको दाहीने आखा पतन भएको पवित्र शक्तिपिठ वि.सं. २०२८ सालको बालाचर्तुदशीको रातको विहानीपख सो मन्दिरमा रहेका देवीको दाहीने आँखा लगायत महत्वपूर्ण मूर्तिहरु चोरी भएको थियो । मन्दिरमा यस किसिमको घटना ४७ वर्ष पछि नराम्रो ढंगबाट दोहोरिदा स्थानीयवासी लगायत सबै आश्चर्यचकित भएका छन् ।
यता जिल्लाको मादी नगरपालिका स्थित देवढुंगा शिव मन्दिरमा शिवको पूजा आरधना गर्ने श्रद्धालुहरुको घुइचो लागेको छ । सो मन्दिरमा आजै पण्डित लक्ष्मण पोखरेलले १ लाख बत्ती प्रज्वलन गरेर होमादी समेत गरेका छन् । यसरी नै जिल्लाका मनकामनाको शिव मन्दिर, वानेश्रको शिव मन्दिर, लगायत शिवालय मन्दिरहरुमा शिवको पूजा आरधना गर्ने श्रद्धालु महिला भक्तजनहरुको वाक्लो उपस्थिति रहेको
थियो ।

Post a Comment