Websoft University

भुस्याहा कुकुर- विगविगी

मोहन कुमार राई श्रावण २८गते । रातो तारा डट कम
संखुवासभा÷चैनपुर नगरपालिका वडा नं. ६ लगायत नगरका अन्य स्थलहरुमा  खुल्ला रुपमा डुलीहिड्ने भुस्याहा कुकुरहरुले सर्वसाधाराण मानिसहरुलाई जथाभावी टोक्न थालेपछि मानिसहरुमा त्रास छाएको छ ।

रेविज विरुद्ध खोप नपाएका ती वेवारिसे कुकरहरुले सर्वसाधारण मानिसलाई टोक्दा रेविज लगायतका खतरा रोगहरुले आक्रमण गर्ने अवस्था आएको छ । दुई हप्ता  अघिदेखि नगरका विभिन्न ठाउँहरुमा भुण्ड  झुण्डमा खुल्ला रुपमा घुमफिर गर्ने ती कुकुरहरुले मानिसलाई देख्नेवित्तिकै जाइलाग्ने गरेको स्थानीयहरुको भनाइरहेको छ ।

खेतवारी, सडक, बनजंगल जथाभावी डुलघुमगर्ने ती कुकुरहरुले  ४ जना मानिसलाई एक हप्ताको वीचमा टोकीसकेका छन । कुकुरको टोकाइबाट घाइतेहुनेहरुमा चैनपुर नगरपालिका वडा नं. ५का महिला विद्या राईलाई स्थानीय मकैवारीमा घास काटीरहेको अवस्थामा एक्कासी झम्टेर हात र टाउकोमा चोट पु¥याएपछि प्राथमिक स्वास्थय केन्द्र चैनपुरमा उपचारको लागि लगिएको घाइते राईको श्रीमान जसबहादुर राईले वताउनुभयो ।

यसैगरी शारदा मावि पोखरीमा पढाउने शिक्षक योगेन्द्र डाँगीलाई समेत कुकुरले आक्रमण गरेका थिए । यसै गरी चैनपुर ६ का दिपेन्द्रमान शाक्य समेत भुस्याहा कुकुरको आक्रमणबाट सताइएका छन् ।

भुस्याहा कुकुरहरु बाटो सडक जताततै डुल्ने भएकाले विद्यालय जाने आउने बालबालीका विद्यार्थीहरु र सडक यात्रीहरुलाई समेत  टोक्न सक्ने भएकाले सर्वसाधरण समेत डराइरहेको स्थानीय सीता श्रेष्ठले वताउनुभयो ।  बाटोमा गुडिरहेको सवारी साधन विशेष गरी मोटरसाइकललाई समेत आक्रमण गर्ने ती भुस्याहा कुकुरहरुले पैदल यात्रीहरुलाई झन  टोक्ने सम्भावना भएकाले हातमा लट्ठी बोकेर हिड्ने गरेको स्थानीय उमेश मुग्रातीले वताउनुभयो ।

ती कुकुरहरु कसको हो ? कस्ले पालेका हुन थहा नभएको स्थानीयको भनाइ छ । कुकुरहरु नियन्त्रणमा राख्न नसके थप दुर्घटना निम्तिन सक्ने भन्दै सम्बन्धित निकायको ध्यान जान नसक्दा चैनपुरबजार, खराङ, पोखरी लगायतका स्थानहरुमा भुस्याहा कुकुरहरुको विगविगी बढेपछि कुकुर नियन्त्रणका लागि सम्बन्धित निकाय  स्थानीय निकायमा जानकारी गराई  समस्याको समाधानका लागि आवश्यक पहल गर्न  आवश्यक रहेको संखुवासभा बहुमुखी क्याम्पस चैनपुरका उप प्राध्यापक टेकराज त्रितालले  बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.