Websoft University

ईलाममा स्कुल बस दुर्घटना हुँदा १४ बालबालिका घाइते


ईलाम, साउन २८ गते । रातो तारा डट कम
ईलाम नगरपालिका-१ बागखोर स्थित मेची राजमार्गमा सोमबार बिहान ९ बजे विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जना बालबालिका घाइते भएका छन् ।

राँके बजारबाट विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गरेको स्थानीय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस विपरित दिशाबाट आउदै गरेको ट्रकलाई साइड दिने क्रममा सडकबाट अन्दाजी २५ मिटर तल खस्दा १४ जना विद्यार्थी सामान्य घाइते भएका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटिगई घाइते बालबालिकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम पठाइएको छ । बसका चालक प्रहरी चौकी रक्सेको नियन्त्रणमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.