Websoft University

विराटनगरमा राष्ट्रिय स्तरको हाडजोर्नी तथा नशा रोग सम्वन्धि चिकित्सकहरूको सम्मेलन हुने

(फोटोफायलबाट)

काठमाडौ साउन १९ गते । रातो तारा डट कम,कृष्ण भट्टराई, सुनसरी -विराटनगरमा हाडजोर्नी सम्वन्धि सम्मेलन हुने नेपाल अर्थोपेडिक एसोसियशनको आयोजनामा आगामी फागुन महिनामा प्रदेश १ को राजधानी  विराटनगरमा राष्ट्रिय स्तरको हाडजोर्नी तथा नशा रोग सम्वन्धि चिकित्सक सम्मेलन हुने भएको छ ।

फेब्रुअरी १४,१५(फागुन २ र ३ गते) हुने सम्मेलनमा नेपाल भरीका अर्थोपेडिक चिकित्सकहरु सहभागि हुने छन् । सम्मेलनमा हाडजोर्नी र नशरोग उपचारको क्षेत्रमा नेपालमा भएका नयाँ नयाँ प्रगति,संभावना तथा चुनौती लगायतका विषयमा विभिन्न विज्ञहरुबाट विभिन्न कार्यपत्रहरुको प्रस्तुती हुने छ ।

वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.रमेश बस्नेतका अनुसार समेलनमा नेपालमा भएका उपलब्धीका साथै विदेशमा भएका नयाँ उपलब्धिहरुको विषयमा समेत विदेशी विज्ञहरुबाट अनुभव आदान प्रदान गरिने छ । उक्त सम्मेलनको आवश्यक तयारीका लागि समिति समेत बनी सकेको डाक्टर बस्नेतले जानकारी दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.