Websoft University

नेपाल कम्युनिस्ट पाटीका प्रवक्ता खडगबहादुर विश्वकर्मा समेतका कार्य कर्ता पक्राउ


काठमाडौँ २४ गते । रातो तारा डट कम महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा रु सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.