Websoft University

एपिक नेपाल म्युजिक अवार्ड आगामी मंसिम हुँदै , आवेदन फारम खुल्ला

काठमाडौं, भाद्र ५ । रातो तारा डट कम
एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा  आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण”  भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो ।
अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

दशैँ गीतमा भने यो प्रावधान लागुनहुने श्रेष्ठ द्वारा जारि गरेको बिज्ञप्तिमा जनाइएको छ । अवार्डको फाईनल मङ्सिर ८ गते राजधानीमा सम्पन्न गरिने भनिएको छ भने अवार्डको फाईनलको दिन नेपाली गीतसङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई नगद सहित लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको
छ ।  सञ्चार क्षेत्रमा क्रियाशील रही कलम चलाउने दुई जना पत्रकारलाई पनि नगद सहित सम्मान गरिने छ । कार्यक्रमलाई सफल बनाउन ईप्रिमा टेक्नोलोजीले सहकार्य गर्ने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.