Websoft University

रवीनचन्द्र ढकालले तीन करोड भ्रष्टाचार गरेको आरोप



काठमाडौँ,साउन २१ गते । रातो तारा डट कम, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ । अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरीद गरेको पाइएको आयोगले अभियोग लगाएको छ । आयोगले बिगोवमोजिमको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गरेको छ ।

यस्तै आयोगले माई नगरपालिका इलाममा कार्यरत् तत्कालीन लेखा अधिकृत ढकाल सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाल विरुद्धसमेत मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले इलाममा रहँदासमेत कटारी नगरपालिमामा जस्तै रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । सरकारी कोषको रकम दूरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घर जग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.