सुनसरी, भाद्र ४ गते ।रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय धरान तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीमाथी हातपात गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भाद्र ३ गते आईतवार अपरान्ह १६:३० बजे धरान ८ कोशी लोकमार्गको तिनकुने स्थितमा धरानबाट इटहरी तर्फ आउदै गरेको BR-32-PA-2835 नंम्बरको इण्डियन स्कारपियोलाइ चेकजाँच गर्दा सुरक्षा पेटि नबाँधेको कसुरमा प्रहरी जवान शम्भु श्रेष्ठले जरिवाना गर्ने क्रममा स्कारपियोमा सवार भारत बिहार मधुबनी १४ बस्ने ५४ बर्षिय देबकान्त ठाकुरले निज प्र.ज. माथी एक्कासी मुक्का प्रहार गरेको र सवारी चालक भारतको बिहार मधुबनी १४ बस्ने बर्ष ३० को पबन कुमार साछी र सोही स्थानका १९ बर्षिय अनोज अन्नादले अपशब्द प्रयोग गरी गाली गलौज गरेका थिए ।
प्रहरी जवान माथी हातपात गर्ने तथा गाली गलौज गर्ने निजहरुलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment