(फायलफोटो)
मोहन कुमार राई÷भाद्र ४ गते ।
रातो तारा डट कम,संखुवासभा÷फाविङ स्थित रक्टेको जंगलमा मादी नगरपालिका वडा नं. ८ वस्ने वर्ष २५ को हस्त बहादुर तामाङको निधारमा गोली लागि मृत अवस्थामा फेला परेको थियो ।
मृत लास फेलापरेको खवर पाउनसाथ पहरी चौकी नुढाकी को प्रहरी टोली र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पुग्दा मृतक हस्त बहादुर तामाङको निधारमा गोली लागेको र १ थान भरुवाबन्दुक रहेको साथै अनुसन्धानको क्रममा मृतक सँग सिकार खेल्न जाने मृतक तामाङको भाई वर्ष २१ को रत्न बहादुर तामाङ, छिमेकी वर्ष २२ को कृष्ण बहादुर तामाङको साथबाट भरुवा बन्दुक २ नाल, सो बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलिको रुपमा प्रयोग हुने किटको टुक्राहरु १० थान, खुकुरी २ थान, टर्चलाईट १ थान सहित निजहरुलाई प्रहरी नियन्त्रणमा लिइएको र अन्य थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment