Websoft University

अवैध सामान बरामद


मोरङ, साउन ३१ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय रानीले बुधबार १ लाख २७ हजार ६ सय ८५ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ ।

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले बुधबार विहान विराटनगर महानगरपालिका-१५ हुँदै भन्सार छली गरी भारतबाट ल्याउँदै गरेको लेडिज टप्स, विभिन्न औषधीका कार्टुन तथा ग्याँस चुल्होमा लाग्ने पाईप बरामद गरेको थियो ।

बरामद सामान बुधबार दिउँसो  आवश्यक कारवाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाईएको हो ।
यसैगरी प्रहरी चौकी अमाहीवरियाती, मोरङबाट खटिएको टोलीले जिल्ला मोरङ धनपालथान गाउँपालिका-२ स्थित गोसाई पोखरीबाट बुधबार बिहान ९ बजे भारततर्फ चोरी निकासी गरी लैजादै गरेको १ वटा गाई र १ वटा बाछी नियन्त्रणमा लिएको छ । गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ तस्करहरु फरार भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.