Websoft University

बेग्लाबेग्लै दुर्घटनामा २ जना घाइते

मोरङ, साउन ३१ गते । रातो तारा डट कम
मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा साउन ३० गते बुधबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् ।  मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका-२ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार साँझ ६:३० बजे  ट्याक्टरसंग मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष ५५ को बल बहादुर गुरुङ घाईते भएका छन् ।

 पूर्वबाट पश्चिमतर्फ जादै गरेको  को १ त १०१० नम्बरको ट्याक्टरको ढाला अचानक फुस्किएर पछाडी आउँदै गरेको  मे १ प ८६३८ नम्बरको मोटरसाइकलसंग ठोक्किदा मोटरसाइकल चालक गुरुङ घाइते भएका हुन् । घाइते गुरुङको उर्लाबारी स्थित अरनिको अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर चालक मोरङ बुढीगंगा गाउँपालिका-७ बस्ने वर्ष २० को सिरु खवास ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् ।

यसैगरी बेलबारी नगरपालिका-४ कसेनी स्थित भित्री सडक खण्डमा बुधबार बेलुकी ८ बजे को १ ह ८३६० नम्बरको ट्याम्पुले ठक्कर दिंदा पैदलयात्री बेलबारी नगरपालिका-४ बस्ने वर्ष ६२ की रामकुमार राई घाइते भएका छन् । घाइते राईको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने ट्याम्पू सहित चालक बेलबारी नगरपालिका-४ बस्ने वर्ष ४४ को डिल्ली राम तामाङ ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.