Websoft University

बृद्धमाथी धारिलो हतियार प्रहार गर्ने १ पक्राउ

मोरङ, भाद्र ५ गते । रातो तारा डट कम
मोरङको पथरी शनिश्चरे नगरपलिका ७ जनप्रिय चौक बस्ने ८१ बर्षिय बृद्ध जनक राईलाई धारिलो हतियार प्रहार घाईते बनाउने १ जना पक्राउ परेका छन्।

हिजो राती बिहान अन्दाजी ०२:१५ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थान बस्ने १७ बर्षिय सागर राई लगायतका ५/६ जनाको समुहले बृद्ध राई माथी धारिलो हतियार प्रहार गरेको भन्ने सुचना प्राप्त भएसंगै घटनास्थल तर्फ खटिएको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले घाईतेको उद्धार गरी उपचारार्थ पथरी अस्पताल पठाइएको थियो ।

घाईतेको अबस्था सामान्य रहेको छ भने घटनामा संग्लग्न १ जनालाई तत्कालै पक्राउ गरेको र घटनामा संग्लग्न अन्य ब्यक्तिहरु फरार रहेको हुँदा खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.