सुनसरी, साउन १८ गते।रातो तारा डट कम
जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगरा गाउँपालिका १ बाट बिहिबार राती १०:०० बजे अन्दाजी ९३ हजार ९ सय ८० रुपैया बराबरको अवैध कपडा र सुर्ती बरामद गरेको छ।
उक्त कार्यालयबाट गस्तीमा खटिएको टोलीले भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको मलमलको कपडा र २ बोरा सुर्ती बरामद गरेको हो । तस्करहरुले गस्तीमा रहेका प्रहरीको टोलीलाई देख्नासाथ काँधमा बोकेको ४ वटा बोरा फ्याँकेर भागेपछि सो बोरा खोलेर हेर्दा १ हजार ५ सय १३ मिटर मलमलको कपडा र ४० किलो सुर्ती बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद कपडा र सुर्ती शुक्रबार आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ।
५७ हजार बढीको अवैध सामान भन्सार बुझाईयो
मोरङ, साउन १८ गते। इलाका प्रहरी कार्यालय रानीले शुक्रबार ५७ हजार ८ सय २० रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ। सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तर्रगत उक्त कार्यालय तथा सिआरभि पोष्ट जतुवा, अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले भन्सार छली गरी ल्याएको खाद्यान्न, लत्ताकपडा तथा भारततर्फ मरिच र डिजल सहित ६ वटा साइकल मोरङ जिल्लाको विराटनगर १४ र १५ बाट शुक्रबार बिहान बरामद गरेको हो। बरामद सामान शुक्रबार कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।
Post a Comment