Websoft University

चार जुवाडे पक्राउ पक्राउ


मोरङ, साउन १९ गते। रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले  मोरङ उर्लाबारी नगरपालिका ३ स्थित प्रेम कुमार राईको घरबाट चार जना जुवाडेलाई १ लाख १५ हजार ४ सय ३५ रुपैया र पाँच बुङ तास सहित शुक्रबार नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिईएका व्यक्तिहरुमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने बर्ष ४० को दिनेश थापा, सोही स्थान बस्ने वर्ष २८ को नैन राई, वर्ष २७ को बिशाल तुम्रुक लिम्बु र उर्लाबारी नगरपालिका २ बस्ने  वर्ष ३७ को जित बहादुर पुरी रहेका छन। राईको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा उक्त कार्यालयबाट खटि गएका प्रहरीको टोलीले शुक्रबार दिउँसो ३ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरुमा पाच बुक तास समेत  बरामद गरी थप अनुसन्धान भईरहेको ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.