Websoft University

घुस लिएको आरोपमा लेखापाल र नासु पक्राउ



काठमाण्डौं, साउन १२ गते । रातो तारा डट कम, पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट रु एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको हो । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हरहिसाब फछ्र्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब फ्र्योटबापत रु ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापामारी गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ ।

गाउँपालिकामा भएका निर्माणकार्यको हरहिसाब फछ्र्योट गरेबापत लेखापाल र नासुले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.