बिराटनगर,साउन ३ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका वडा नम्वर १२ दरैया रहेको जनता आधारभुत बिधालयामा खोजी समाज सेवाले आज भव्य कार्यक्रमका साथ बाल बालिकाहरुका लागि नि: शुल्क स्वास्थ्य सिविर सन्चालन गर्यो ।
कार्यक्रम तथा खोजी समाज सेवा की अध्यक्ष भावना खरेलले कार्यक्रमलाई सम्वोधन गर्दै,यो खोजी समाज सेवाले महिला रोजगारी सृजगर्न बिभिन्न प्रकारका तालिमहरु सन्चालन गर्ने, असय बालबालिकाहरुका लागि सेवा भावले सहयोग गर्ने,काम गर्दैआएको बताउदैै, आज त्यहि सिलसिलामा सेवा भावले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराउनका लागि दरैयाको जनता आधारभुत बिधालयामा आईपुगेको बताउनु भयो ।
वडा नम्वर १२ वडाअध्यक्ष हिरालाल कामत यो दलित पिछडीको बस्तीमा आएर हाम्रा नानीहरुको स्वास्थ्य परिक्षण नि: शुल्क चलाई दिनु भएकाले खोजी समाज सेवाकी सन्चालिका भावना खरेल लगाएत सबैलाई धन्यावाद छ, भन्नु भयो र यस्तो प्रकारको सहयो अरुबेला पनि गर्न संस्थाकी अध्यक्ष भावना खरेलाई आग्रह गर्नु भयो ।
प्रमुख आयोजक खोजी समाज सेवा र जनता आधारभुत बिधालयको सहयोगमा कक्षा १ देखि ५ सम्म अध्यानरत ऋषिदेव,महत्व,राजवंशी,थरका १६४,जना छात्रा छात्र हरुलाई संजिवनी हस्पिटलका डा,श्याम महतले आज नि शुल्क स्वास्थ्य परिक्षण औषधि उपचार समेत गर्नुभएकोछ ।
दरैया महानगर भित्रको अति पिछडीएको बस्ती हो र यहाँ धेरै ऋषिदेव महत्व राजवंशीहरुको बसोबास रहेकोपाईन्छ । यस्तो ठाउँमा सन्चालित यो जनता आधारभुत बिधालयमा बिधार्थीहरु पढन ल्याउने भुमिका भएका एक जना अभिभावक ददिराम चापागाई,सोही बिधालयका प्र. अ. नरहरी कोइराला सग पनि रातो तारा डट कमका प्रतिनिधिले कुरा गरेको थियो ।
जनता आधारभुत बिधालयका प्र अ नरहरी कोइरालाले कुरा गर्दै, अहिले यो विधालयमा ८ जना शिक्षक शिक्षिका रहेका र कक्षा १ देखि ५ सम्म १६४ बिधार्थी रहेको बताउनु भयो ।
यो दलित बस्ती भए पनि जिवन बिकासको सहयोगमा तालिम दिएर रेखा तिम्सिना,पाँचौ राजवंशी, शिक्षिका पठाएकोछ यो स्कुलमै मन्टेश्वारी कक्षा सन्चालन गर्न भन्दै,मन्टेश्वारी कक्षामा एक थान टिभी र आवश्यक पाठ्य सामाग्री सबै जिवन बिकासले नै उपलब्द गराएको हो र यहाँ अहिले ४७ जना साना नानीहरु रहेको प्र अ नरहरी कोइरालाले बिषेश गरेर आज “स्कुलमा भइरहेका नि : शुल्क स्वास्थ्य सिविर सन्चालक भावना खरेललाई धन्यावाद” भन्दै, जानकारी गराउनु भयो ।
Post a Comment