Websoft University

ईनरुवामा ट्याक्टर पल्टिंदा चालकको मृत्यु

(फायल फोटो)


सुनसरी, असार २५ गते। रातो तारा डट कम,
सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु  भएको छ।

ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टिंदा अचानक पल्टिन चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ट्याक्टरले थिचेर गम्भीर घाइते भएक मेहेतालाई उपचारका लागी ईनरुवा अस्पताल लगिएकोमा सोही साँझ ५ बजे उपचारका क्रममा मेहेताको मृत्यु भएको हो।

यता सुनसरी धरानमा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिएर स्थानीय पैदलयात्री वर्ष ५० को हबुल राई घाइते भएका छन।

राईलाई को २७  प ९४६९  नम्बरको  मोटरसाइकलले धरान-८ भोटेपुलमा साँझ ८ बजे ठक्कर दिंदा गम्भीर घाइते भऐ उपचारका लागी विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ।

मोटरसाइकलका चालक मोरङ सुन्दर हरैचा नगरपालिका ४ बस्ने बर्ष २३ को सन्जिप खड्का इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.