Websoft University

कोशी अन्चल अस्पतालमा नक्कली औषधी- तीन जना प्रहरी फन्दामा


बिराटनगर साउन १४ गते । रातो तारा डट कम विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षिय जीवन अग्रवाललाई नक्कली विल, औषधीमा टाँसिने लेवलहरू र अन्य कागजातहरू सहित पक्राउ गरेको हो ।

पक्राउ परेका अग्रवालले लामो समय देखि बिक्र वितरण गर्दै आएको लङ्ग लाईफ फार्मेसी, महुली फार्मेसी, लाईफ सपोर्ट फार्मेसी, पेमिली फार्मेसी, मेडीप्लस फार्मेसीबाट आईसीयु लगायत अस्पतालको आकस्मिक उपचारमा प्रयोग हुने औषधीहरु र अन्य मोनन, जी भेन्क र नोरद लगायतका विभिन्न ६६ किसिमका औषधीहरू मरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए ।

 प्रहरीले यस्ता औषधि तिन हजार ४४ पिस अर्थात ९ सय ७१ बट्टा बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि औषधी ब्यवस्था विभाग, विराटनगरमा पठाईएको जनाएको छ ।
पक्राउ पर्नेमा जीवन अग्रवाल सहित मोरङ जिल्ला विराटनगर महानगरपालिका १० बस्ने ३३ बर्षिय दिपक कुमार राय र सप्तरी महुली ५ बस्ने ३० बर्षिय प्रशान्त कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।लामो समय देखि भारतबाट म्याद गुज्रीएका औषाधि ल्याएर  आफैले लेवल लगाउने गरेको पाइएपछि छापा पारिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । यस्ता औषधि आइसी युमा प्रयोग हुने गरेको फेला परेको छ ।

अस्पतालको लापरवाही यो घटनासँग पनि जोडिएर आएको छ ।  आइतवार दिउँसो एकजनालाइ  नियन्त्रणमा लिए पछि प्रहरीको ध्यान यता केन्दित भएको हो । उपरीक्षाक केसीले बर्षौदेखि यस्ता मानिसले अस्पतालहरुमा हानिकारक औषधिको कारोवार गर्दै आएको पाइएको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.