काठमाडौँ,असार २६ गते । रातो तारा डट कम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रमा शुद्धीकरण गरी उपत्यकामा वितरण हुने पानीको गुणःतर के कःतो हो भन्ने प्रतिवेदन पेश गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले लिमिटेडलाई निर्देशन दिएको छ ।
मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनीयर अनोज उपाध्यायले यही असार १७ गते लिमिटेडलाई पत्र लेखेर सुन्दरीजल प्रशोधन केन्द्रको अनुगमन गरी सात दिनभित्र वाःतविकताबारे पेश गर्न निर्देशन दिनुभएको थियो । मन्त्रालयले तोकेको अवधि पूरा भए पनि लिमिटेडको प्रतिवेदन प्राप्त नभएको सूचना अधिकारी टोलराज उपाध्यायले सन्चारकर्मीलाई जानकारी दिनुभयो ।
मन्त्रालयको पत्र प्राप्त भएपछि लिमिटेडले खानेपानी सञ्चालन महाशाखा प्रमुख सतीशकुमार दत्तको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिले ःथलगत रुपमा सुन्दरीजल गई अध्ययन गरेर प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेकाले मंगलबार पेश गरिने संयोजक दत्तले बताउनुभयो । “भूकम्पले क्षति पुगेको प्रशोधन केन्द्र पुनःनिर्माण नभएको र वितरण सञ्जाल पनि पुराना सामग्रीको भएकाले धमिलो पानी आएको पाइयो, प्रशोधन केन्द्रको पुनःनिर्माण र वितरण सञ्जाल परिवर्तन भए समःया समाधान हुने देखियो, यही प्रतिवेदन मन्त्रालयमा बुझाउँछौँ”, उहाँले भन्नुभयो ।
सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा गई जनःवाःथ्यमा प्रभाव पर्न सक्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट असार १० गते सार्वजनिक भएको थियो । सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छव प्रशोधन केन्द्रमध्ये हाल दुई मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चार केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताउनुभयो ।
धाराको पानी पिउन त के कपडा धुन र नुहाउन समेत नहुने धमिलो खःन थालेपछि समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको ःथलगत रुपमा अनुगमन गरी लिमिटेड, काठमाडौँ उपत्यका खानेपानी व्यवःथापन बोर्ड र मन्त्रालयमा निवेदन दर्ता गराएको थियो ।
संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवःथा दयनीय बनी जनःवाःथ्यमा गम्भीर असर पर्न सक्ने देखिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताउनुभयो । वर्षामा पानी प्रदूषित भई रोगको संक्रमण फैलन सक्ने भएकाले मन्त्रालयलगायत सरोकार भएका निकायलाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।

Post a Comment