शिव भट्टराई - मोरङ साउन २ गते । रातो तारा डट कम,
सुन्दरहरैचा-४ मा "हरियो बन नेपालको धन","सुन्दरहरैचा बिकासको बगैंचा " साथसाथै हरियाली भित्रको शहर भन्ने नारालाई मूल उद्धेश्य राखी यो कार्यक्रमको आयोजना गरिएको हो।यस कार्यक्रम सुन्दरहरैचा -४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ द्वारा सुरुवात गरियो।कार्यक्रममा सलकपुर वन कार्यालयद्वारा मलेशियन शखुवा, टिक, मसला, शिरीष, आदि बिभिन्न जातका लगभग ६००० बिरुवाहरु सहयोग गरिएको थियो।
वातावरण स्वच्छ हरियाली प्रबोधन राख्नको निम्ति खेर गईरहेको जमीन खोलानालाको छेउमा खेर गईरहेको ठाउमा सदुपयोग गर्नको निम्ति पुरानो आर्थिक वर्षका बिभिन्न बिकास निर्माणको योजनामा बिभिन्न कार्यक्रम गरे सँगसँगै नया आर्थिक बर्षको एक गतेबाटै सुन्दरहरैचाकै नमूना वार्ड बनाउनको निम्ति बृक्ष रोपण कार्यक्रम सुरुवात गरिएको हो भन्ने कुरा सुन्दरहरैचा-४का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताएका छन्।कार्यक्रममा सुन्दरहरैचा वार्ड नं.०४का प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो।
Post a Comment