Websoft University

जनक ताम्राकारको फरक शैलिको गीत लौ लौ सररर सार्वजनिक


काठमाडौ असार २९ गते । रातो तारा डट कम,
प्रतिभावान दाजु भाइ महेश र जनक ताम्राकारको नया गीत लौ लौ सररर हालै सार्वजनिक भएकोछ।

यस गीतमा जनक ताम्राकार को स्वर तथा महेश ताम्राकरको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपालि भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ ।

ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन्। दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने कुरामा बिश्वस्त रहेको  ताम्राकार बन्धुले बताएका छन ।

महेश र जनकको जुनकिरी र काफल खान्या कुइयाँ पछील्लो समय निकै रुचाइएका गीत हुन । पहिलो प्रेमको आभासलाइ रमाइलो ढंगले पोक्त गरीएको यसगीतमा भने“लौ लौ सररर पिरिमको आकशैमा , लौ लौ फररर शिमल झैँ बतासैमा,” जस्ता शब्दको प्रयोग भएको छ।

यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा फरक ढाँचाको रहेको बताइएको छ । यस गीतको म्युजिक भिडियोमा भने अहिलेका चर्चित नायक तथा मोडल आकाश श्रेष्ठ र चर्चित मोडल एलिसा राईको अभिनय रहेको छ ।

यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् भने रेकर्ड हाउस प्रोडक्सनले निर्माण  गरेकोहो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.