शिव भट्टराई - सुनसरी साउन ३ गते । रातो तारा डट कम,
सुनसरी स्थित क्षेत्रीय कारागार झुम्कामा इटहरी १७ का सन्जु शेर्पाको रहस्मय मृत्यु भएको बिषयमा परिवारले छानबिनको माग गरेका छन् । लागुऔषध संम्बन्धि मुद्धामा असार २४ गते कारागार चलान भएका शेर्पाको असार २९ गते गम्भीर अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
तर कारागारव्यवस्थापन विभागले शेर्पाको शव पोष्टमार्टम नगरी परिवारलाई बुझाएको थियो । शव घर ल्यादा मात्र शरिरका बिभिन्न भागमा चोट र रगत भेटिएपछि मृत्यु शंकाष्पद भएको परिवारको दाबी छ । शेर्पाको हात र घाटीमा निलडाम देखिएको छ भने ढाड भरी पनि निलडाम र काटिएको रगत सगैको चोट रहेको परिवारको भनाई छ ।
त्यसैगरी झुम्का कारगारका जेलर प्रमुख गणेश अधिकारीले भने बेकारमा निर्दोष मान्छेलाई दोष लगाएको बताए । आँफूले पोष्टमार्टम गर्नका लागी अनुरोध गरेपनि परिवारले नै नगरेको उनको भनाई थियो ।
गल्ती गर्नेलाई कारवाही हुनुपर्छ, हामीले गल्ती गरेका छौँ भने पनि कारवाही होस् उनले भने । अस्पतालले मापसे गरेकै कारण मृत्यु भएको बताएको उनको भनाई छ ।

Post a Comment