Websoft University

बालबालिका विद्यालय बाहिर छैनन्

काठमाडौ असार २९ गते । रातो तारा डट कम,
अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’भन्ने नाराका साथ बरबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ ।

संघीय सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नगरपालिकामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी बिहीबार घोषणा गर्नुभएको नगरपालिका, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले मानव सूचांकका आधारमा पछाडि परेका सामुदायिक विद्यालयका सबै बालबालिकाका लागि दिवा खाजाको समेत व्यवस्था भएको बताउनुभयो ।

विद्यालय उमेर समूहका बालबालिका अब विद्यालय बाहिर छैनन् भनी बारबर्दिया नगरपालिकालाई नेपालमा सबैभन्दा पहिले घोषणा गरिएको नगरपालिकाले जिकिर गरेको छ । नगरपालिकाले मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी सबैभन्दा पहिले घोषणा गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । मन्त्रालयले नेपालका ७७ वटै जिल्लालाई भदौ ३१ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी बालबालिकाको आधारभूत शिक्षाको सुनिश्चितता गरेको भनी घोषणा गर्न परिपत्रसमेत गरिसकेको छ ।

मापदण्डअन्तर्गत विद्यालयले भर्ना अभियान गरेको हुनुपर्ने, घरदैलो गरी पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गरेको हुनुपर्ने, अभिभावक तथा शिक्षकबीच भर्ना अभियानसम्बन्धी अन्तक्र्रिया तथा छलफल गरेको हुनुपर्ने, विद्यालयले आफ्नो कार्य क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका बाहिर नपरेको घोषणा भएको हुनुपर्ने छन् ।

नगरमा ४३ सामुदायिक विद्यालय र १६ संस्थागत विद्यालय छन् । नगरपालिकाको भर्ना अभियानअन्तर्गत १६ हजार ८० घरधुरीमा सर्भेक्षण गर्दा २८७ बालबालिका विद्यालय बाहिर रहेको पत्ता लागेको थियो । सामुदायिक विद्यालयमा १४ हजार ८०५, संस्थागत विद्यालयमा तीन हजार ८६४ र बालकक्षामा एक हजार ९१९ विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख गोसार्इँँले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.