Websoft University

घरै भित्र पसेर कुट पीट गरेर सुन लुटेको आरोप—कानुन बंमोजिम कारवाहीको माग गरे पीडितहरुले


बिराटनगर, असार ३१ गते । रातो तारा डट कम,महानगरपालिका बिराटनगरको साइोदारीमा वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल, सिन्को  टेक्नोलोजि नेपाल, र परिर्वतन सेवा र बायोमास ब्रिकेट ईनजी प्रा. लि. (जे भि) त्रिमुर्ति मार्ग मुनाल पथ बिराटनगर - ५ मा कार्यलय रहेको यस स्थाका अध्यक्ष देवी प्रसाद आचार्य समेतको टोलिले हिजो सनिवार बिराटनगर- ६ जुनेलि मार्ग सरसफाई गर्दै जादा सोहि टोलका महेश कुमार साहको घर भित्र पसेर उनका परिवारलाई जवरजस्ति गर्न खोज्दै,कुट पीट र तीन तोला टेवुलमा राखेको सुन लुटेर लगेको  आज पत्रकार सम्मेलन गरेर साह परिवारले आरोप लगाएकाछन ।

आफुलाई वन अधिकृत बताउने महेश कुमार साह उनकी श्रीमती बबिता साह छोरा मोहित साह समेतले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर फोर मैला –सर सफाईका मानिस हुँ भन्दै आतमा पंन्जा मुखमा माक्स लगाएका व्याक्तिहरु आई गुण्डा गर्दि शैलिमा स्थानिय केसव बहादुर कार्की सही टंक प्रसाद कोइराला देवी प्रसाद आचार्य समेतको अगुवाईमा घरको ढोका फोरी भित्र टेबुलमा राखेको सिक्री औंटी लानुका साथै परिवारलाई घाईते हुने गरि कुटपीट समेत गरेको आरोप लगाएका छन ।

केसव कहादुर कार्कीले पीडिट परिवार सग सधै महिनामा रु दुई हजार माग्ने गरेको पनि पोल खोलेका छन । पीडितहरुले प्रहरीमा उजुरी समेत दिएको बताएकाले प्रहरी अनुसन्धान पुरा नभई घटनाको बारेमा सहिकुरा के हो प्रस्ट भएको छैन ।

फोर मैला व्यावस्थापन समितिले हप्तै पीच्छे फोर मैला घर घर, र बाटो बाट फोहर नउठाउदा पनि महानगरपालिकाले प्रत्येक हप्ता महानगरबाट माथि उल्लेखित संस्थालाई ठुलो रकम भुक्तानी भएको भन्दै आम नगरवासिहरुले बिरोध गर्नथालेका छन ।

उक्त फोरमैला समितिमा सदस्य रहेका नेपाल पत्रकार महासंघ मोरगमा आबद्ध ३ जाना पत्रकार हरूले  आम नगरवासिहरुको भावना बिपरित बिबादित  समितिको बैठकमा उपस्थित भई प्रत्येक हप्ता गएर सहिगर्ने गरेको बारेमा पनि चर्चा हुन थालेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.