शिव भट्टराई - मोरङ असार ३२ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ मा तीन महिने महिला सशक्तीकरण आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा ४ नम्बरका अध्यक्ष शैलेन्द्र श्रेष्ठले सम्बोधन यस्ता तालिमले रोजगारी बढाउने भएकोले आगामी दिनमा यस्ता तालिम लाई सहयोग गर्ने बताउनु
भयो ।
उक्त कम्प्युटर तालिम इटहरीमा रहेको एक उत्कृष्ट कम्युटर सेन्टर आकाश ईन्स्टिच्युटले आयोजना गरेको थियो, भने सुन्दरहरैचा नगरपालिकाको आर्थिक सयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा वार्ड भरिका ८६ जना महिलाहरुलाई समावेश गरि तालिम पश्चात् परीक्षा लिएर प्रमाण पत्र सहित मार्क्सिट वितरण गरिएको थियो ।
Post a Comment