काठमाडौँ साउन ४ गते । रातो तारा डट कम, युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न आज छलफल अघि बढाएको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति तथा खेलकूद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो ।
युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा पूर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकूदको गुरुयोजनाको मस्यौदाबारे जानकारी गराउनुभयो । उहाँले नेपाली खेलकूदको वर्तमान अवस्था, चुनौती र सम्भावनासहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गर्नुभयो ।
मन्त्री विश्वकर्माले नयाँ सरकारले विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न अघि बढेको जानकारी दिँदै खेलकूद क्षेत्रमा त्यसको मापन हुने बताउनुभयो ।
खेलकूद नीति र गुरुयोजनामा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले संघीय संरचनाअनुसार नेपाली खेलकूदको पुनःसंरचनाका विषयमा गुरुयोजना र ऐनले प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्को वर्तमान जनशक्ति व्यवस्थापनलाई खेलकूद नीतिले समेट्नु पर्ने धारणा व्यक्तगर्नुभयो ।
पूर्व खेलकूदमन्त्री दलजित विके श्रीपाइलीले गुरुयोजना रणनीतिक महत्वको भएको उल्लेख गर्दै यसलाई अविलम्ब लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मस्यौदा परिमार्जनका लागि छलफल आयोजना गरिएको बताउँदै यसले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मस्यौदा लेखनमा अझ नयाँ सोच आउनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका, उद्योग वाणिज्य महासंघ, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, प्याब्सन, एन प्याब्सनलगायतका प्रतिनिधिहरुको आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Post a Comment