विराटनगर,बैशाख २७ गते । रातो तारा डट कम,विराटनगर ८ मा रहेको ग्रेडेड अंग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थीको नेतृत्व चयनका लागि बुधबार प्रजातन्त्रिक निर्वाचन प्रणालीको प्रयोग गरि विद्यालयमा विद्यार्थी गुणस्तरीय विकाश समुहको निर्वाचन सम्पन्न भएको छ ।
स्कूलमा विद्यार्थीहरु वीच हुइ समुह विच चुनावी मैदानमा उत्रेका थिए । विदार्थीहरुको गुणस्तरीय विकाश समुह बनाएर चुनाव गराएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए ।
उनीहरु विच जान्ने विद्यार्थीले नजान्ने विद्याथ्र्थीहरुलाई सिकाउनलाई यो समुहले सहयोग गर्ने प्रिन्सिपल सुवालले जानकारी दिए । उनका अनुसार प्रत्येक समुहमा २३ जना विद्यार्थी रहेका छन् ।
चुनावमा कक्षा ८ देखि कक्षा १० सम्म १ सय ५५ जनाले मतदान गरेका सकूलका सेकेण्डरी ईन्चार्ज विपिन यादवले जानकारी दिए ।
Post a Comment