श्याम राई-उदयपुर-गाईघाट,बैशाख २७ गते । रातो तारा डट कम,उदयपुरको रौतामाई गाउँपालिकाको भुटारमा बुधबार राती भएको आँगलागीबाट २ घर जलेर नष्ट हुँदा झण्डै २० लाख बराबरको क्षति भएको छ ।
पूर्व वडा अध्यक्ष राजकुमार मगरले विजुली बाल्न घरमा राखेको पेल्ट्रि सेट सट हुँदा आँगलागी भएको प्रहरीले जनाएको छ । मगरसँगै छिमेकी बल वहादुरको घर समेत जलेर नष्ट भएको छ । आँगलागिबाट दुबै घर भित्रको अन्नपात, भाडा बर्तन लत्ताकपडा लगायत जिन्सी सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक मान वहादुर श्रेष्ठले बताए ।
राती करिब ८ बजे लागेको आँगो निभाउन स्थानीयहरुलाई झण्डै ३ घण्टा लागेको थियो । आँगलागीबाट विस्थापित मगर परिवारलाई खाद्यान्य र नगद गाउँपालिकाले उपलब्ध गराईएको वडा न. ५ भुटारका वडा अध्यक्ष खविन्द्र राजकोटीले बताए ।
Post a Comment