Websoft University

विराटनगर विमानस्थल स्तरोन्नतिको काम सुरु


विराटनगर, बैशाख २६ गते । रातो तारा डट कम,१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थल स्तरोन्नतिको लागि केन्द्र सरकारको विभागीय मन्त्रालयमा प्रस्ताव पेश गरिएको जानकारी दिए ।

मुख्यमन्त्री निवासमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ १ नम्बर प्रदेशको टोलीसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको क्षमता १ हजार स्क्वायर फिट बनाउनका लागि आवश्यक अध्ययन गर्न प्रदेश सरकारको औपचारिक रुपमा प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

विराटनगरबाट माउन्टेन फ्लाइटको व्यवस्था गर्ने र टे«किङ रुटको व्यवस्थापन गरिने गरी छलफल र बहस सुरु भएको पनि मुख्यमन्त्री राईले बताउनुभयो । यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकता निर्धारण गर्ने तयारी गरिरहेको पनि उहाँले बताए। 

प्रदेशको पर्यटनको विकासका लागि २० बुँदे ज्ञापनपत्र पेश गर्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ १ नम्बर प्रदेशका संयोजक डिल्ली अधिकारीले कोशी राजमार्गलाई उत्तरको सीमासम्म विस्तार गर्नुपर्ने, विराटनगर जोगवनी र किमाथांका नाकामा अध्यागमन कार्यालय स्थापना गरिनुपर्ने, विराटनगर विमानस्थलको स्तरोन्नति गरी माउन्टेन फ्लाइट सुरु गर्नुपर्ने र पहाडी विमानस्थलहरुमा नियमित उडानको व्यवस्था गरिनुपर्नेमा जोड दिए।

ज्ञापनपत्रमा होटल, पर्यटकीय गाडी, ट्राभल्स एजेन्सीहरुलाई सहज दर्ता प्रक्रियामा ल्याउन प्रोत्साहन गर्नुपर्ने, हालको पर्यटन कार्यालय काँकडभिट्टाको कार्यक्षेत्र १४ जिल्लामा विस्तार गरिनुपर्ने लगायतका माग उल्लेख छ ।

टोलीमा पर्यटन व्यवसायी रेवतबादुर थापा, तेजबहादुर ढकाल, एलिना मगर, खेमराज नेपाल, देवी गौतमलगायतको सहभागिता थियो । 
खबर पुर्वअन्चल बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.