Websoft University

सुनसरी र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ


विराटनगर, बैशाख २८ गते। रातो तारा डट कम,
सुनसरी र धरानबाट विहीबार  प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  धरान-१७ रेल्बे बस्ने बर्ष-३० बर्षिय ज्ञान प्रसाद राई,  २७ बर्षिय टिकाराज परियार,  २५ बर्षिय सन्तोष सुनुवार,  अन्दाजी १९ बर्षिया  उषा परीयार , जिल्ला तनहु भानु नगरपालिका-१ बस्ने २८ बर्षिय  महेश गन्दर्व रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरानबाट  दिउँसो ३;३० बजे पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट  एभील-७० एम्पुल, डाईजोलाप -७० एम्पुल, लुपीजैसीक -७० एम्पुल , गरी जम्मा २१० एम्पुल र नगद  २५ हजार बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान  भइरहेको छ।

यस्तै सुनसरीकै धरान-८ तिनकुने चेक प्वाईन्टबाट  प्रहरीले विराटनगरबाट धरान आउदै गरेको यात्रुबहाक बसमा सवार धरान-११ बस्ने २६ बर्षिय  कुमार तामाङलाई  साँझ ६ बजे लागुऔषध एभील-३० एम्पुल, डाईजोलाप-३० एम्पुल र लुपीजैसीक ३० एम्पुल बरामद गरेको छ। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान धान भइरेहको छ।

यता  मोरङको बुढिगंगा गाउँपालिका-४ बाट इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको  प्रहरीको टोलीले जिल्ला बारा निजगढ-६ बस्ने १९ बर्षिय  ईश्वर  थापामगरलाई बेलुका ८ बेजेतिर लागुऔषध फेनारगन-२४ एम्पुल, डाईजेल्याप-२४ एम्पुल र एभिल-२४ एम्पुलसहित पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको छ।

यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले ६७ हजार अवैध भारुसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत भरवारी दर्बंगा-१२ बस्ने ३० बर्षिय  मनोज कुमार ठाकुर रहेका छन्। बेलुका ८ बेजतिर पक्राउ परेका  उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखीएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.