श्याम राई-उदयपुर-गाईघाट, चैत २९ गते । रातो तारा डट कम,नापी कार्यालय उदयपुरका प्रमुख विहीबार घुस रकम ५०, हजार सहित पक्राऊ परेकाछन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्याम बाबु प्रसाद साहलाई सेवाग्राहीबाट घुस लिदै गर्दा क्वाटरमै विहान ७ः३० बजे पक्राऊ गरेको हो ।
साहले काम गरिदिने भन्दै २ लाख रूपैया सेवाग्राहीबाट घुस मागेको र पेश्की वापत उक्त रकम लिएको खुल्न आएको छ ।गाईघाटका एक व्यावसायीको ३ कट्ठा जग्गाको नक्सा सुधार र संशोधन वापत प्रमुख साहले ५ लाख घुस मागेका थिए ।
पक्राउ परेका साहले भने आफूलाई सेवाग्राहीको नामबाट फसाउन खोजेको बताए । ‘ म पूजा गर्दै थिए । सेवाग्राही भएर जवरजस्ती मेरो वेड सम्म आएर तकिया
मुनी रकम छाडेको उनले बताए ।
Post a Comment